घुस रकमसहित वन प्रमुख यादव पक्राउ
baahrakhari.com · Wed Jul 08 07:07:04 GMT 2026

काठमाडौं । सेवाग्राहीबाट एक लाख ४५ हजार घुस लिएको आरोपमा सिरहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव पक्राउ परेका छन् ।
उद्योगको लागि ल्याएको काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निगरानी गरेको थियो ।
Read full story at source (baahrakhari.com)