करिब १ अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र वैशाख १७ गतेदेखि बिक्री खुला हुँदै, ११% ब्याजदर
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधि भएको ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले ‘वैदेशिक रोजगार बचतपत्र २०८५’ बिक्री गर्न लागेको हो । यसको वार्षिक ब्याजदर ११% तोकिएको छ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुनेछ । राष्ट्र बैंकले वैशाख १७ गतेदेखि जेठ १७ गतेसम्म बिक्री खुला गर्नेछ । राष्ट्र बैंकले उक्त बचतपत्र आगामी जेठ २४ गते निष्कासन गर्नेछ भने २०८५ जेठ २४ गते साँवा भुक्तानी गर्नेछ ।
राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिनेछ । उक्त बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका अथवा विदेशमा रोजगारी गरेर फर्केर ६ महिना नपुगेका नेपाली नागरिक, गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन् । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ ।
Read full story at source (nepalipaisa.com)