ईयूको हवाई सुरक्षासूचीबाट नेपाललाई हटाउन रास्वपा सांसद अधिकारीको माग
shilapatra.com · Wed Jul 08 07:51:00 GMT 2026

रास्वपा सांसद लिमा अधिकारीले नेपाललाई युरोपेली संघको (ईयू)को हवाई सुरक्षा सूचीबाट हटाउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग गरेकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल सन् २०१३ देखि युरोपेली संघको हवाई सुरक्षा सूचीमा निरन्तर रहँदै आएको र सन् २०२६ सम्म पनि नेपाली राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनीहरूले युरोपेली मुलुकमा उडान सञ्चालन गर्न नपाएको उल्लेख गरिन् । यसले नेपालको पर्यटन, वैदेशिक लगानी तथा समग्र आर्थिक विकासमा प्रतिकूल असर परेको उनको भनाइ थियो ।
Read full story at source (shilapatra.com)