ईयूको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन माग
onlinekhabar.com · Wed Jul 08 07:54:23 GMT 2026

२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नेपाललाई युरोपेली संघको (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल सन् २०१३ देखि युरोपेली संघको हवाई सुरक्षा सूचीमा निरन्तर रहँदै आएको र सन् २०२६ सम्म पनि नेपाली राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनीहरूले युरोपेली मुलुकमा उडान सञ्चालन गर्न नपाएको उल्लेख गरिन् ।
Read full story at source (onlinekhabar.com)