अमेरिकी आक्रमण पछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर स्वदेश प्रस्थान
nepalnews.com · Wed Jul 08 08:03:58 GMT 2026

तेहरान। पछिल्लो अमेरिकी आक्रमण पछि इरानी राष्ट्रपति मसूद पेजेस्कियन इराकबाट तेहरान फर्किएको इरानी सरकारी मिडिया आईआरआईबीलाई उद्धृत गर्दै सीएनएनले रिपोर्ट गरेको छ।
पेजेस्कियन पूर्व इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन इराकी शहर नजफ पुगेको जनाइएको छ। यसअघि होर्मुजको जलमार्ग पार गर्ने व्यापारिक जहाजहरूमा भएको आक्रमणको जवाफमा संयुक्त राज्य अमेरिकाले इरान–विरुद्ध श्रृङ्खलाबद्ध सैन्य आक्रमणहरू सुरु गरेपछि पेजेस्कियनले इराकको भ्रमण छोट्याएर स्वदेश फर्किएको सिएनएनले जनाएको छ।