देशभर ७५० पालिकामा टेलिकमको ४जी सेवा, कुनकुन हो पुग्नबाँकी ३ पालिका ?
corporatenepal.com · Sun May 24 02:49:32 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोट क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ। अत्यन्त दुर्गम हिमाली क्षेत्रमा सेवा विस्तारसँगै स्थानीय बासिन्दाले अब उच्चगतिको मोबाइल इन्टरनेट सुविधा प्रयोग गर्न सक्ने भएका छन्। टेलिकमले करिब ४ हजार २ सय मिटर उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियो प्रविधिमार्फत सेवा सुरु गरेको जनाएको छ। यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको संख्या ७५० पुगेको छ।
डोल्पामा सञ्चालनमा ल्याइएको यो पहिलो फोरजी साइट भएको टेलिकमले जनाएको छ। अब डोल्पाकै डोल्पो बुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा मात्रै फोरजी सेवा विस्तार हुन बाँकी रहेको उल्लेख गरिएको छ। नेपाल टेलिकमले निकट भविष्यमा ती क्षेत्रमा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।
Read full story at source (corporatenepal.com)