ललितपुर महानगरको नयाँ अभियान: फोनकै भरमा ज्येष्ठ नागरिकलाई घरमै डाक्टर र एम्बुलेन्स सेवा
techpana.com · Wed Jul 08 07:59:55 GMT 2026

काठमाडौं । ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि फोन गरेको भरमा घरमै मेडिकल टिमसहितको एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आगामी साउन १ गतेदेखि लागु हुनेगरी महानगरले यस विशेष स्वास्थ्य सेवाको तयारी अन्तिम चरणमा पुर्याएको हो ।
महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईंका अनुसार विगत तीन वर्षदेखि सञ्चालनमा रहेको ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा’ लाई आगामी आर्थिक वर्ष २०८३/०८४ देखि थप व्यवस्थित र प्रभावकारी बनाउन लागिएको हो । यस सेवाअन्तर्गत महानगरले एम्बुलेन्समा चिकित्सक वा दक्ष स्वास्थ्यकर्मी (मेडिकल टिम), अत्यावश्यक औषधि र अत्याधुनिक उपकरणको व्यवस्था गर्नेछ ।
Read full story at source (techpana.com)