भोटेकोशी बाढी : सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
nepalnews.com · Thu Aug 27 08:24:14 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिए। उनले पुनःप्रवेश परीक्षा र छात्रबृत्तिसम्बन्धी परीक्षा अर्को सूचना आएपछि जानकारी हुने बताए। भोटेकोशी बाढीमा परी सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन अवस्थामा छन्।
Read full story at source (nepalnews.com)