च्याम्पियन्स लिग : इन्टरमाथि रियल म्याड्रिडको जित
ratopati.com · Tue Sep 08 22:01:59 GMT 2026
काठमाडौँ ।युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा रियल म्याड्रिडले इन्टरमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको छ ।
नेपाली समय अनुसार बुधबार बिहान १२ः ४५ मा सुरु भएको खेलको सुरुवातमै आक्रामक देखिएको रियल म्याड्रिडले १४ औँ मिनेटमा किलियन एम्बाप्पेको गोलमार्फत १–० को अग्रता लिएको थियो । त्यसको केही समयपछि नै अर्थात् २३ औँ मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा रियल म्याड्रिड २–० ले अघि रह्यो ।
Read full story at source (ratopati.com)