घोपामा आएका बिरामीलाई सेटिङमा निजीतिर पठाउने १२ जना पक्राउ
nepalpress.com · Wed Jul 08 08:38:36 GMT 2026

विराटनगर । बिपी प्रतिष्ठानमा उपचार गर्न आएका बिरामीलाई निजी स्वास्थ्य संस्थामा लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बिरामीलाई औषधि किनेर ल्याइदिने निहुँमा निजी अस्पतालमा उपचार गराउन लगेको आरोपमा १२ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–१८ का २७ वर्षिय निखिलकुमार चौधरी, सप्तरी राजविराज–६ की २७ वर्षिय रबिना मण्डल, भोजपुर आमचोक–८ का २५ वर्षिय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षिय सागर पोखरेल, मोरङ लेटाङ–३ का २९ वर्षिय सानिन किराँती रहेका छन् ।
Read full story at source (nepalpress.com)