नेपाल-स्विट्जरल्याण्ड संसदीय समूहको बैठक, संसदीय कूटनीतिमार्फत सम्बन्ध सुदृढ गर्ने
nepalpress.com · Wed Jul 08 08:58:19 GMT 2026

काठमाडौं । नेपाल र स्विट्जरल्याण्डबीच संसदीय कूटनीतिलाई प्रभावकारी बनाइने भएको छ । बुधवार बसेको नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूहको परिचयात्मक बैठकमा यसबारे छलफल भएको हो ।
प्रतिनिधिसभा सदस्य तथा समूहकी संयोजक खुश्बु ओलीको अध्यक्षतामा बुधबार संघीय संसद भवनमा सम्पन्न भएको बैठकमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. डेनियल मेउली, स्विस दूतावासका प्रतिनिधि, संसदीय मैत्री समूहका सदस्य, परराष्ट्र मन्त्रालय तथा संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
Read full story at source (nepalpress.com)