गरुडामा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
barnanmedia.com · Tue Jun 16 23:05:54 GMT 2026

रौतहटको गरुडामा मंगलबार अपरान्ह टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार आज (असार २ गते) अपरान्ह अन्दाजी ४ः४५ बजेको समयमा गरुडा नगरपालिका वडा नं. ४ स्थित गरुडाबाट चिनी मिलतर्फ जाने भित्री सडक खण्डमा दुर्घटना भएको हो । गरुडाबाट जाँदै गरेको ना २८ प ७२५९ नम्बरको मोटरसाइकल र म.प्र.०३–००१ क २५१६ नम्बरको टिपर एक आपसमा ठोक्किएका थिए ।
Read full story at source (barnanmedia.com)