नेपाल एसबीआई मर्चेन्ट बैकिङको सञ्चालक समितिको अध्यक्षमा विकास आनन्द
baahrakhari.com · Tue Dec 03 11:28:23 GMT 2024

काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विकास आनन्द नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ६६औँ बैठकले आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मति चयन गरेको हो ।
यसअघि, उनी नेपाल एसबीआई बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृतको पदमा कार्यरत थिए । उनले केन्द्रीय सञ्चालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानुनलगायत मामिला पनि हेर्ने कम्पनीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)