मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनले लगानी र रोजगारी बढाउँछ : मल्ल
ajakoartha.com · Wed Jul 08 09:34:00 GMT 2026

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्नका लागि कार्यन्व्यनको पाटो प्रभावकारी हुनुपर्ने बताएका छन् । आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीति समग्रमा सकारात्मक रहेको तर कार्यन्व्यन पाटो थप प्रभावकारी हुनुपर्ने मल्लको भनाई छ ।
राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति धारणा व्यक्त गर्दै निवर्तमान अध्यक्ष मल्लले नीजि क्षेत्रको विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने व्यवस्था स्वागतयोग्य रहेको उल्लेख गरे । यद्यपी निजी क्षेत्रले अपेक्षा गरेअनुसार व्यवसाय गर्ने लागत Cost Of Doing Business घटाउने, कर्जाको ब्याजदर तथा वित्तीय लागत कम गर्ने र उत्पादनमूलक क्षेत्रमा सहज तथा प्रभावकारी कर्जा प्रवाह सुनिश्चित गर्ने विषयमा अझ ठोस कदम आवश्यक रहेको मल्लको भनाइ छ ।
Read full story at source (ajakoartha.com)