किसानलाई अनुदानमा मौरी घार वितरण
barnanmedia.com · Tue Jun 16 23:54:55 GMT 2026

जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका किसानलाई अनुदान सहयोगमा मौरीघार वितरण गरेको छ । किसानको आयआर्जन वृद्धि गर्दै मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० थान मौरीघार वितरण गरिएको केन्द्रले जनाएको छ ।
कार्यालयको चालु आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो । कृषि उद्यम विकास कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवद्र्धन कार्यक्रम तथा निर्यातजन्य बाली प्रवद्र्धन कार्यक्रममार्फत रोदी खोला किसान समूहमा आबद्धलाई मौरीका घार हस्तान्तरण गरिएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)