पूरा भयो सहिदपुत्रीको नर्सिङ सपना
annapurnapost.com · Sun May 24 04:27:31 GMT 2026

चितवन : उदयपुरकी सुनिता राई छोरी पढाउनका लागि भरतपुरमा कोठा भाडामा लिएर बस्दै आएकी छन्। उनका श्रीमान् सारकुमार राई कामको सिलसिलामा काठमाडौं आवतजावत गर्थे। राई परिवार सुख दुःखका साथ छोरी पढाउँदै आएका थिए। जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते श्रीमान् सन्तोषको गौशालामा निधन भएपछि परिवारमा एक्कासि बज्रपात पर्यो ।
घरको मियो मानिएका श्रीमान् काे निधनपछि सुनितालाई छोरीको भविष्यले थप पिरोलेको थियो। छोरी कसरी पढाउने भन्ने चिन्ताले अत्तालिएकी सुनिताको काँधमा अहिले छोरीको भविष्य सुनिश्चित हुने आधारसहित बीएससी नर्सिङ पढ्ने सपना पूरा गर्ने अवसर आइपुगेको छ। ‘सुख दुःख गरेकै थियौं। खान त एक छाक खाऔंला तर छोरीको भविष्य के होला भन्ने मात्र चिन्ता थियो,’ उनले भनिन्, ‘आफूलाई सम्हाल्नै सकिनँ, परिवारमा ठूलो बज्रपात भयो। अब त पढ्ने वातावरण मिलेको छ र नानीको पनि आँट आउँछ जस्तो लागेको छ।’
Read full story at source (annapurnapost.com)