‘कक्रोच जनता पार्टी’ को वेबसाइट पनि बन्द, अभिजीत दीपकेको घर बाहिर प्रहरी तैनाथ
annapurnapost.com · Sun May 24 04:31:56 GMT 2026

भारत : सीजेआई सूर्यकान्तले युवाहरूलाई लिएर दिएको टिप्पणीपछि इन्टरनेटमा तहल्का मच्चाएको ‘कक्रोच जनता पार्टी’ को आधिकारिक वेबसाइट पनि बन्द गरिएको छ । यसअघि नै पार्टीको एक्स ह्यान्डल भारतमा प्रतिबन्ध लगाइएको थियो । पार्टीका संस्थापक अभिजीत दीपकेले आफ्नो निजी इन्स्टाग्राम अकाउन्ट पनि ह्याक गरिएको दाबी गरेका छन् । दीपकेले पार्टीको वेबसाइट ‘ cockroachjantaparty.org ’ बन्द गरिएको भन्दै यसलाई तानाशाहीको उदाहरण दिएका छन् । उनका अनुसार उक्त वेबसाइटमार्फत १० लाख मानिसले दर्ता गरेका थिए ।
वेबसाइटमार्फत ६ लाख मानिसले धर्मेन्द्र प्रधान शिक्षा मन्त्री पदमा रहन नहुने भन्दै उनको राजीनामा माग गरेका थिए । उनीहरूको भनाइ अनुसार नीट पेपर लिक प्रकरणमा प्रधान असफल भएका छन् । दीपकेले एक्स पोस्टमा लेखेका छन्, ‘सरकार यति डराएको किन छ ? यस्तो तानाशाही व्यवहारले देशका युवाहरूको आँखा खोलिरहेको छ । अब हामी नयाँ प्लेटफर्ममा काम गर्नेछौं, किनकि कॉकरोच कहिल्यै मर्दैनन् ।’
Read full story at source (annapurnapost.com)