मंगलटारबाट लागुऔषध खैरो हिरोइनसहित पाँचजना पक्राउ
baahrakhari.com · Wed Jul 08 09:54:00 GMT 2026

काठमाडौं । काभ्रे प्रहरीले मंगलटारबाट लागुऔषध खैरो हिरोइनसहित पाँचजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीको टोलीले दोलखाका २० वर्षीया रितु जैशी, सविन कोइराला, जगत खत्रीसहित पाँचजनालाई पक्राउ गरेको हो ।
मंगलटार प्रहरी प्रमुख इन्स्पेक्टर निकिता मिश्रको टोलीले मंगलबार साँझ बर्दिबासबाट काठमाडौं आउँदै गरेको कार चेकजाँचका क्रममा खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
Read full story at source (baahrakhari.com)