भू तथा जलाधार व्यवस्थापन कार्यालयका एक सय ९४ योजना सम्पन्न
barnanmedia.com · Tue Sep 08 23:23:04 GMT 2026

गण्डकी प्रदेशका छ वटा जिल्ला कार्य क्षेत्र रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२÷८३ मा १९४ योजना सम्पन्न गरेको छ । त्यस अवधिमा ११ वटा योजना भने कार्यान्वयन हुन नसकेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख दिवाकर पौडेलका अनुसार कार्यालयको कार्यक्षेत्र मनाङ, लमजुङ, गोरखा, तनहुँ, नवलपुर र कास्की रहेको छ । प्रदेश तथा सङ्घीय सरकारबाट ससर्त प्राप्त बजेटअन्तर्गत ९४ प्रतिशत योजना सम्पन्न भएको छ ।
Read full story at source (barnanmedia.com)