ह्वाइट हाउस नजिक गोलीकाण्ड, कस्तो छ ट्रम्पको सुरक्षा व्यवस्था ?
ajakoartha.com · Sun May 24 04:50:00 GMT 2026

काठमाडौं- ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको कारबाहीमा मारिएका छन् । घटनाका क्रममा एक दर्शक पनि गोली लागेर घाइते भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प घटनाको समयमा ह्वाइट हाउसभित्रै रहे पनि उनी सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् ।
युएस सेक्रेट सर्भिसका सञ्चार प्रमुख एन्थोनी गुग्लिल्मीका अनुसार साँझ ६ बजेपछि ह्वाइट हाउसको सुरक्षा घेरानजिक एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन थालेपछि सुरक्षाकर्मीहरूले तत्काल जवाफी कारबाही गरेका थिए ।
Read full story at source (ajakoartha.com)