मेसीले भने- पेनाल्टी मिस गर्दा आफैंसँग रिस उठ्यो
setopati.com · Wed Jul 08 10:12:00 GMT 2026
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ १६' मा अर्जेन्टिना र इजिप्टबीचको खेल हुनुभन्दा केही दिन अघि इजिप्टका कप्तान मोहम्मद सलाहलाई सोधिएको थियो– ‘यस विश्वकपमा 'लास्ट डान्स' (अन्तिम प्रतिस्पर्धा) को लागि तपाईं कसलाई रोज्नुहुन्छ?’ सलाहले बिना कुनै हिचकिचाहट लिओनल मेसीको नाम लिएका थिए।
भाग्यले उनको इच्छा पुरा गरिदियो। विश्वकपको यस संस्करणको सबैभन्दा उत्कृष्ट खेलमध्ये एकमा यी दुई फुटबल लिजेन्डहरू आमनेसामने भए। खेल सुरु हुनुअघि मेसी र सलाहले एक-अर्कालाई अंकमाल गर्दा दुवैलाई थाहा थियो– यो खेल निकै विशेष र चुनौतीपूर्ण हुनेवाला छ। ३४ वर्षीय सलाह र ३९ वर्षीय मेस्सीका लागि यो खेलको हरेक पल निर्णायक थियो।
Read full story at source (setopati.com)