मुख्यमन्त्री र बेलायतका मन्त्रीबिच भेट
gorkhapatraonline.com · Sun May 24 05:03:32 GMT 2026

बुटवल, जेठ १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग बेलायत सरकारकी इन्डोप्यासिफिक मामिलामन्त्री सीमा मल्होत्राले शनिबार रुपन्देहीको बुटवलमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्य बेलायतबिच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकासका प्राथमिकताबारे छलफल भएको थियो । त्यस अवसरमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो, समावेशी तथा रोजगारमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताउनुभयो । उहाँले उत्पादनमुखी लगानी प्रवर्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास, औद्योगिक विस्तार, पूर्वाधार निर्माण तथा डिजिटल नवप्रवर्तनमार्फत प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)