डेपुटी गभर्नर ३ जना बनाउनेदेखि एक जना महिला डेपुटी गभर्नर अनिवार्य गर्नुपर्नेसम्म सांसदहरूको प्रस्ताव
clickmandu.com · Wed Jul 08 10:21:46 GMT 2026

काठमाडौं । सांसदहरूले नेपाल राष्ट्र बैंकमा ३ जना डेपुटी गभर्नर राख्ने तथा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरूको कार्यकाल ४ वर्षको बनाउने प्रस्ताव गरेका छन् । संसद्मा दर्ता भएको ’नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्न बनेको विधेयक’ मा उनीहरूले उक्त व्यवस्थासहितको संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
यस्तै, सञ्चालक समितिमा २ जनासम्म महिला हुनुपर्ने वा एक जना डेपुटी गभर्नर महिला हुनुपर्ने जस्ता व्यवस्था गर्ने गरी संशोधन दर्ता गराइएको छ। हाल सञ्चालक समितिमा गभर्नर, २ डेपुटी गभर्नर, अर्थ सचिव र नेपाल सरकारले नियुक्त गर्ने ३ सञ्चालकसहित राष्ट्र बैंकको ७ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था छ । त्यसलाई संशोधन गर्दा विधेयकले गैर–कार्यकारी सञ्चालकको संख्या ५ जना पुर्याएर सञ्चालक समिति ९ सदस्यीय बनाउने प्रस्ताव गरेको छ ।
Read full story at source (clickmandu.com)