शैक्षिक परामर्श क्षेत्र व्यवस्थित बनाउन नियमावली संशोधन गर्न इक्यानको आग्रह
kalakarmi.com · Wed Jul 08 10:32:56 GMT 2026

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने बताएका छन् । ‘प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३: के यसले शैक्षिक परामर्श क्षेत्रलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्छ ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले नेपाली शैक्षिक परामर्श व्यवसायीहरू विदेशमा विद्यार्थी पठाउन मात्र नभई भविष्यमा विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि ल्याउनसमेत सक्षम रहेको बताए ।
उनले भने, ‘आजका शैक्षिक परामर्श व्यवसायीहरू देशबाट विदेशमा विद्यार्थी पठाउन मात्र सक्षम छैनन्, भोलि विदेशका विद्यार्थीहरूलाई नेपालमा पढ्न ल्याउन पनि सक्षम छन् । यसमा इक्यान पनि १० औँ वर्षदेखि काम गर्दै आइरहेको छ र सरकारलाई पनि झकझकाइरहेको छ । यसलाई नियमावलीमा, ऐनमा ल्याइयो भने शैक्षिक परामर्श क्षेत्रको हितका लागि अझ व्यवस्थित हुन्छ भन्ने कुरामा जोड दिएका छौँ । त्यही पनि नियमावली आउँदैछ, स्वागत गर्न चाहन्छौँ । तर नियमावलीमा भएका कुराहरूलाई चाहिँ केही संशोधन होस् भन्ने हाम्रो अपेक्षा हो ।’
Read full story at source (kalakarmi.com)