विश्वकपमा ३२ वर्षपछि युरोपेली टोलीको दबदबा, महादेशबाहिर कसले उचाल्ला उपाधि ?
baahrakhari.com · Wed Jul 08 10:31:02 GMT 2026
काठमाडौं । सन् १९३० यताका दुई संस्करणलाई छाड्ने हो भने आफ्नो महादेशबाहिर आयोजित विश्वकप युरोपेली टोलीका लागि सुखद थिएन । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा स्पेनले उपाधि उचाल्यो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा जर्मनी विश्वविजेता बन्यो । सन् २०२६ मा महादेशबाहिर आयोजित प्रतियोगितामा विश्वविजेता बन्दै अर्को युरोपेली टोलीले नाम लेखाउने संभावना देखिएको छ ।
बेल्जियम, इंग्ल्यान्ड, फ्रान्स, नर्वे, स्पेन र स्विट्जरल्यान्ड क्वार्टरफाइनल चरणमा छन् । यस महादेशबाहिरबाट अर्जेन्टिना र मोरक्को छन् । सन् १९९४ पछि सबैभन्दा बढी ६ युरोपेली राष्ट्रले क्वार्टरफाइनलको भिडन्त सुनिश्चित गरेका छन् ।
Read full story at source (baahrakhari.com)