इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवाबाट बिरामी लाभान्वित
gorkhapatraonline.com · Sun May 24 05:20:05 GMT 2026

सिँजा (जुम्ला), जेठ १० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा सञ्चालनमा आएपछि बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घट्दै गएको छ । जनरल तथा ल्याप्रोस्कोपिक सर्जन एवं इन्डोस्कोपिस्ट डा. निर्मल थापाको सव्रिmयतामा सञ्चालन गरिएको विशेष उपचार कार्यव्रmम अन्तर्गत यही जेठ ३ देखि ८ गतेसम्म १४ जनाको इन्डोस्कोपी र आठ जनाको कोलोनोस्कोपी जाँच गरिएको हो ।
जाँचका क्रममा केही बिरामीमा अल्सरेटिभ कोलाइटिस, पोलिप तथा आन्द्रामा मासु पलाउने जस्ता जटिल समस्या पहिचान गरिएको डा. थापाले जानकारी दिनुभयो । उहाँका अनुसार केही बिरामीको बायोप्सीसमेत निकालिएको छ भने आवश्यक औषधोपचार सुरु गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)