मोटरसाइकल चोरेर डान्स बारमा मस्ती
ratopati.com · Wed Jul 08 10:41:12 GMT 2026

काठमाडौँ । काठमाडौँको कालिमाटी र कलङ्की क्षेत्रका डान्स बार बाहिर पार्किङ गरेको मोटरसाइकल लगातार चोरी भएको सूचनापछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महांकाल घर भएका २९ वर्षीय राजकुमार परियार, ३३ वर्षका इन्द्रबहादुर वाइबा, रौतहटको चन्द्रनिगाहापुर घर भएका २९ वर्षीय पञ्चलाल ब्लोन, ललितपुरको बागमती गाउँपालिका–५ घर भएका २४ वर्षीय सविन भुलन र काभ्रेको बेथानचोक घर भएका २४ वर्षीय अनिल योञ्जन छन् ।
ललितपुरको माहांकाल बस्दै आएका अनिल योञ्जन चोरीको मोटरसाइकल किनेको कसुरमा पक्राउ परेका हुन् । योञ्जनले चोरीमा संलग्न आरोपी इन्द्रबहादुरसँग टु टुवान्टी पल्सर सस्तो मूल्यमा खरिद गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
Read full story at source (ratopati.com)