मेची इन्डस्ट्रिज र लक्ष्मी इन–फ्याबबीच सम्झौता, तीन अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
ajakoartha.com · Wed Jul 08 10:44:00 GMT 2026

काठमाडौं- एएसी (AAC) ब्लक उत्पादनमा सक्रिय मेची इन्डस्ट्रिज लिमिटेडले भारतको प्रविधि प्रदायक कम्पनी लक्ष्मी इन–फ्याब प्राइभेट लिमिटेडसँग उत्पादन क्षमता विस्तारका लागि समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ। कम्पनीले यससँगै तीनवटा अन्तर्राष्ट्रिय आईएसओ (ISO) प्रमाणपत्र पनि प्राप्त गरेको जनाएको छ।
सम्झौताअनुसार मेची इन्डस्ट्रिजले मासिक ५ हजार क्युबिक मिटर एएसी ब्लक उत्पादन क्षमता थप गर्नेछ। साथै उत्पादन विविधीकरण गर्ने योजनाअन्तर्गत मोटार एडेसिभ, रेडिमिक्स प्लास्टर, टाइल एडेसिभ र वाल पुट्टी उत्पादनका लागि आवश्यक आधुनिक प्लान्ट तथा उपकरण खरिद गर्ने निर्णय गर्दै सम्बन्धित आपूर्तिकर्तासँग खरिद सम्झौता पनि सम्पन्न गरेको कम्पनीले जनाएको छ।
Read full story at source (ajakoartha.com)