निजामती कर्मचारी अस्पतालमा २ करोड ९१ लाख रुपैयाँको औषधि हिनामिना, आठ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
nepalviews.com · Wed Jul 08 10:57:42 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वरको फार्मेसी शाखामा औषधि व्यवस्थापनमा अनियमितता गरी करिब २ करोड ९१ लाख रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोपमा आठ जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार जारी गरेको विज्ञप्तिअनुसार अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि नै आपूर्ति नभएको अवस्थामा पनि बिल–बिजक सफ्टवेयरमा प्रविष्टि गरेर भुक्तानी प्रक्रिया अघि बढाएको, ठूलो परिमाणमा औषधि म्याद गुज्रिएर स्टोर र भर्याङमा थन्किएको तथा कम्प्युटर प्रणालीमा मौज्दात देखाइएका औषधि वास्तविक रूपमा स्टकमा नरहेको उजुरीपछि अनुसन्धान गरिएको थियो।
Read full story at source (nepalviews.com)