सिम नभएपनि मोबाइलमा विपदको पूर्वसूचना
gorkhapatraonline.com · Wed Sep 09 00:24:34 GMT 2026

मोबाइलमा सिमकार्ड नभए पनि प्राकृतिक विपत्को पूर्वसूचना दिन मिल्ने गरी सरकारले ‘सेल ब्रोडकास्टिङ’ सञ्चालनको तयारी गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा एकै पटक धेरै मानिसलाई पूर्वसूचना पठाउन मिल्ने उक्त प्रविधि सञ्चालनमा काम गरिरहेको हो ।
सेल ब्रोडकास्टिङ सञ्चालनका लागि छुट्टै कार्यदल बनाएर काम भइरहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)