गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
ratopati.com · Wed Jul 08 10:58:27 GMT 2026

काठमाडौँ । राष्ट्रिय किताबखानाले आर्थिक वर्ष २०८२ ८३ को सम्पत्ति विवरण ६० दिन भित्र बुझाउन निजामती कर्मचारीहरूलाई निर्देशन दिएको छ । श्रावण १ गतेदेखि ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्नेछ अन्यथा मनासिव कारण भएकोमा बाहेक नबुझाउनेलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम १० हजार जरिवाना हुने किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए ।
सम्पत्ति विवरण बुझाउनुपर्ने विषय कानुनी दायित्वको रूपमा रहेको भएता पनि गत आर्थिक वर्षमा ३ हजार १९६ कर्मचारीले सम्पत्ति विवरण नबुझाएकाे महानिर्देशक पोखरेलले बताए ।
Read full story at source (ratopati.com)