धादिङमा ६ पक्की र १७ झोलुंगेपुल क्षतिग्रस्त
annapurnapost.com · Wed Sep 09 00:24:28 GMT 2026

धादिङ: भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले धादिङका ६ वटा पक्की र १७ वटा झोलुंगेपुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि नागरिकस्तरबाट पुल पुनर्निर्माणको माग उठेको छ। क्षतिग्रस्त पुलमध्ये पृथ्वी राजमार्गबाट धादिङबेंसी सदरमुकाम जोड्ने फुर्केखोला–परेवाटारको पक्की पुल तत्काल पुनर्निर्माण तथा वैकल्पिक पुलको व्यवस्था गर्न माग गर्दै स्थानीयले सामाजिक सञ्जालमा ‘३कनेक्टधादिङ’ अभियान सञ्चालन गरेका छन्।
बाढीले फुर्केखोला–परेवाटार पुल बगाएपछि धादिङबेंसी सदरमुकाम र पृथ्वी राजमार्गबीचको नियमित सडक सम्पर्क प्रभावित भएको छ। पुल नहुँदा वैकल्पिक कच्ची सडक प्रयोग गर्नुपर्ने भएपछि यात्रु, व्यवसायी तथा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।
Read full story at source (annapurnapost.com)