चीनका राष्ट्रपति सीद्वारा नेपालमा आएको प्राकृतिक विपत्तिप्रति समवेदना व्यक्त
gorkhapatraonline.com · Fri Aug 28 12:01:06 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउनुभएको छ । हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी र डुवानका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको थियो ।
आफ्नो सन्देशमा चिनियाँ राष्ट्रपति सीले ‘चीन र नेपालबिचको केरूङ-रसुवा सीमा नाका क्षेत्रमा हालै गम्भीर विपद आएको, जसले ठूलो जनधनको क्षति पुर्याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्दै यसबाट नेपाल र नेपाली जनतालाई परेको पिडाले आफुलाई दुःखी बनाएको’ उल्लेख गर्नुभएको छ । राष्ट्रपति सीले पीडितप्रति गहिरो समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवार, घाइते र विपद्ग्रस्त क्षेत्रका जनताप्रति चीन सरकार र आफ्नो तर्फबाट हार्दिक सहानुभूति जनाउनुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)