एनभीएलमा काठमाडौं रेड्सले हरायो सगरमाथालाई
kendrabindu.com · Wed Sep 09 00:31:52 GMT 2026
काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा मंगलबार दोस्रो खेलमा काठमाडौं रेड्सले जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा काठमाडौंले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा हराएको थियो ।
पहिलो सेटमा २५–१२ ले आफ्नो पक्षमा पार्दै गतिलो सुरुआत गरेको काठमाडौंले दोस्रो सेट भने गुमायो । सगरमाथाले २५–२२ ले आफ्नो पक्षमा पारेर खेल बराबरीमा ल्यायो । त्यसपछि अहमद मुस्ताफा खानको प्रदर्शनमा काठमाडौं रेड्सले पुनरागमन गर्दै २५–१८, २५–२० ले लगातार दुई जितेर खेल आफ्नो पक्षमा पारेको हो ।
Read full story at source (kendrabindu.com)