प्रहरीलाई धम्क्याएको आरोपमा पक्राउ परे पूर्वसांसद
himalpress.com · Wed Sep 09 00:44:52 GMT 2026

काठमाडौ- मधेश प्रदेशका पूर्वसांसद एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अशोक यादव पक्राउ परेका छन्। ललितपुरको हरिसिद्धिबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी तुल बहादुर कार्कीले बताए।
प्रहरीलाई धम्क्याएको उनीमाथि आरोप छ । यादव २०७४ मा मधेसी जनअधिकार फोरमको तर्फबाट प्रदेशसभा सदस्य थिए । अहिले उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध छन् । जेठ २५ मा राति ९ बजेतिर यादवको स्वामित्वमा रहेको ज। १ त।२५५० नम्बरको ट्याक्टरले रोकेर राखेको ना।६ख। ७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
Read full story at source (himalpress.com)