विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न म्याद थप
aarthiknews.com

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ । न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पौडेलमाथि जारी अनुसन्धानका लागि पाँच दिन म्याद थप गर्न अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद आर्थिक कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।यसअघि पनि अदालतले पौडेलमाथिको अनुसन्धानका लागि तीन पटकसम्म म्याद थप गरिसकेको थियो।
Read full story at source (aarthiknews.com)