मुस्ताङ भन्सार कार्यालयमा ५६ करोड राजस्व संकलन
nepalnews.com · Wed Sep 09 00:56:23 GMT 2026

मुस्ताङ। भोटेकोशीमा बाढीका कारण (रसुवागढी-केरुङ)नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म रु ५६ करोड बढी राजस्व संकलन भएको छ ।
रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेको छ । कोरलानाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारी (इभी) को भन्सार जाँचपास भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिए ।
Read full story at source (nepalnews.com)