‘राहत र उद्धार प्रभावकारी बनाऔँ’
gorkhapatraonline.com · Wed Sep 09 01:03:42 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी हिमबाढी प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत, उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । नुवाकोटस्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा मङ्गलबार उहाँले राहत वितरणमा एकद्वार प्रणाली लागु गरी स्थानीय तहका वडामार्फत वितरण गर्नुपर्ने बताउनुभयो ।
राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपत्पछि महामारी फैलिन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाइमा तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)