होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’
nepalviews.com · Wed Sep 09 01:02:35 GMT 2026

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघचीले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’को व्यवस्थापन तथा जलमार्ग सञ्चालनबारेओमानसँग भइरहेको वार्तामा महत्वपूर्ण प्रगति भएको मङ्गलबार बताएका छन् । इरानी विदेश मन्त्रालयका अनुसार, जापानी विदेशमन्त्रीसँग भएको टेलिफोन वार्ताका क्रममा अराघचीले ‘स्ट्रेट अफ होर्मुज’बारे इरान र ओमानबीच जारी वार्ताको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै महत्वपूर्ण प्रगति भएको बताएको हो ।
‘स्ट्रेट अफ होर्मुज’सँग जोडिएका दुवै तटीय राष्ट्र इरान र ओमानले पछिल्ला केही सातादेखि जलमार्गबाट हुने जहाज आवागमनको व्यवस्थापनबारे छलफल गर्दै आएका छन् । तेहरानले अस्थायी रूपमा जहाज आवागमन सञ्चालन गर्ने व्यवस्थामा सहमति जुटाउने दिशामा प्रगति भइरहेको जनाएको छ ।
Read full story at source (nepalviews.com)