टेबलटेनिस टोली थाइल्यान्डमा
annapurnapost.com · Wed Sep 09 01:00:29 GMT 2026
काठमाडौं : डब्लूटीटी युथ कन्टेन्डर बैंककमा सहभागी हुन ६ खेलाडीसहित सात सदस्यीय नेपाली टेबलटेनिस टोली मंगलबार थाइल्यान्डको बैंकक पुगेको छ।
सेप्टेम्बर ९ देखि १२ तारिखसम्म फेसन आइल्यान्ड बैंककमा हुने प्रतियोगितामा दुई ब्वाइज तथा चार गल्र्स खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ब्वाइजमा सुगम पौडेल र निरभ महर्जन तथा गल्र्समा सुस्मिता खड्का, प्राज्ना महर्जन, उरवी सुवाल र आभा प्रधान रहेका छन्।
Read full story at source (annapurnapost.com)