रियल म्याड्रिड र म्यानचेस्टर सिटीको विजयी सुरुआत
barnanmedia.com · Wed Sep 09 00:51:06 GMT 2026
काठमाडौं । रियल म्याड्रिड फर्केयता जोसे मोउरिन्होले युरोपेली च्याम्यिन्स लिगमा मंगलबार विजयी सुरुआत लिएका छन् । रियलले इन्टर मिलानलाई २–१ ले हराएको हो । नयाँ सिजनको पहिलो दिन म्यानचेस्टर सिटीले पोर्टोलाई २–० ले हरायो र त्यसमा इर्लिङ हालान्डले दुई गोल गरे । बोरुसिया डर्टमुन्ड र एस्टन भिल्ला पनि विजयी रहे ।
सान्टियागो बर्नाबाउमा रियलले किलियन एमबापेको गोलले अग्रता लिएको थियो । त्यसपछि फेडरिको भाल्भेरडेले दोस्रो गोल थपे । इन्टरका लागि कार्लोस अगस्टोले एक गोल फर्कार्ए । कीर्तिमान १५ पल्टको विजेता रियलका लागि एमबाप्पेले गरेको गोल च्याम्पियन्स लिगमा ७१ औं रह्यो ।
Read full story at source (barnanmedia.com)