सिँधे नुनले पनि बढाउन सक्छ रक्तचाप
ratopati.com · Wed Sep 09 01:07:05 GMT 2026

काठमाडौं । मानिसहरू सिँधे नुनलाई सामान्य सेतो नुनभन्दा बढी प्राकृतिक र स्वस्थकर मान्छन् । विशेषगरी व्रत वा डाइटका क्रममा यसको प्रयोग धेरै हुन्छ ।
तर सिँधे नुन पनि नुन नै भएको अनि यसमा पनि पर्याप्त मात्रामा सोडियम पाइने विशेषज्ञहरू भन्छन् । त्यसैले सिँधा नुनलाई जति खाए पनि सुरक्षित हुने नुनका रूपमा बुझ्नु भूल हुन सक्छ । स्वास्थ्यका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नुनको प्रकारभन्दा पनि दिनभरि सेवन हुने कुल नुन र सोडियमको मात्रा हो ।
Read full story at source (ratopati.com)