यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
nagariknews.nagariknetwork.com · Wed Sep 09 00:59:34 GMT 2026

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)