पाखाबारीमा फस्टाउँदै सिउँडी फल
gorkhapatraonline.com · Wed Sep 09 01:07:27 GMT 2026

कृषिकर्मलाई थाती राखेर काठमाडौँ गएका पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ओमनाथ रिजाल पछिल्लो समय थातथलो फर्केर सिउँडी फल (ड्र्यागन फ्रुट) उत्पादनमा व्यस्त हुनुहुन्छ ।
साबिक भारपा गाविसका उपाध्यक्षसमेत रहनुभएका उहाँले पाँच वर्षअघि लगाएको सिउँडी फलले राम्रो उत्पादनसँगै आम्दानी पनि दिन थालेको छ । बाँझिन लागेको पाखा बारीमा रोपिएका बिरुवा वयस्क हुँदै जाँदा उत्पादन पनि वृद्धि हुने गरेको उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)