इजरायलमा सहायक श्रमिक माग
gorkhapatraonline.com · Wed Sep 09 01:09:49 GMT 2026

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयर गिभर) का रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन मागेको छ । विभागका अनुसार नेपाल र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलले एक हजार ४५४ जना नेपाली सहायक श्रमिकका लागि पुनः आवेदन मागेको हो ।
इजरायलले तेस्रो चरणमा दुई हजार तीन सय जना केयर गिभरमा काम गर्ने सहायक श्रमिकको माग गरेकोमा गएको असारमा नेपालस्थित इजरायली दूतावासले चिट्ठाबाट ८३६ जना छनोट गरेको थियो । विभागका प्रवक्ता बिन्दा आचार्यले यसअघि इजरायल सरकारबाट माग हुन आएको सङ्ख्यामा एक हजार ४६४ जना अपुग भएपछि विभागले इजरायलको केयर गिभरमा काम गर्न जानेका लागि पुनः आवेदन माग भएको जानकारी गराउनुभयो । उहाँका अनुसार मागमध्ये एक हजार १२२ जना महिला र ३३२ जना पुरुष छनोट गरिने छ ।
Read full story at source (gorkhapatraonline.com)