अफगानिस्तानको बघलानमा भीषण बाढी : महिला र बालबालिकासहित १० जनाको मृत्यु
nepallive.com · Sun May 24 06:31:56 GMT 2026

एजेन्सी– अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा आएको आकस्मिक बाढीका कारण महिला र बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यम टोलो न्युजका अनुसार बाढीले बघलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख हिदायतुल्लाह हमदर्दका अनुसार बाढीले १०० भन्दा बढी आवासीय घरहरू ध्वस्त बनाएको छ भने हजारौँ एकड कृषि भूमि जलमग्न भएको छ। यस प्राकृतिक विपत्तिले प्रान्तको पहिले नै कमजोर रहेको ग्रामीण अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको अधिकारीहरूले बताएका छन्।
Read full story at source (nepallive.com)