आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, परिवारजनको एउटै प्रश्न छ- ‘हाम्रा आफन्त कहाँ छन् ?’
kalakarmi.com · Fri Aug 28 12:06:24 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी–पहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् । बाढी–पहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायले उद्धार गरी काठमाडौं ल्याएका घाइते तथा शवको विवरण खोज्दै परिवारजन विभिन्न अस्पताल पुगिरहेका हुन् । तर, धेरै परिवारले आफ्ना आफन्तको अवस्थाबारे अझै कुनै जानकारी पाउन सकेका छैनन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा पनि सम्पर्कविहीन आफन्तको खोजीमा पुगेका परिवारजनको भीड देखिन्छ । अस्पतालले सार्वजनिक गरेको घाइते तथा उद्धार गरिएका व्यक्तिको नामावलीमा आफन्तको नाम खोज्दै उनीहरू झिनो आशामा बसिरहेका छन् ।
Read full story at source (kalakarmi.com)