भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त
khabarhub.com · Fri Aug 28 12:08:07 GMT 2026

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो भूभागलाई तहसनहस बनायो। बस्ती बगायो, सडक र पुल भत्कायो, सयौँ परिवार छुटायो र धेरैको अकालमै ज्यान लियो । सयौँलाई बेपत्ताको अवस्थामा पुर्यायो।
विपद्को घाउमा उद्धारकर्मीहरू अझै व्यस्त छन्। कतै भग्नावशेषमा हराइरहेकाको खोजी भइरहेको छ, कतै बालुवाले पुरिएका शव निकालिँदै छन्। आफन्तहरू भने भेटिएका शव आफ्नै मान्छेको हो कि होइन भन्ने पहिचान गर्न नसक्ने पीडादायी अवस्थामा छन्।
Read full story at source (khabarhub.com)