कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै
nepalnews.com · Wed Sep 09 01:26:24 GMT 2026

मुस्ताङ। रसुवा नाकास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण यातायात अवरुद्ध भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलास-मानसरोवर यात्राका लागि कोरला नाका नयाँ विकल्पका रूपमा देखिएको छ। कालीगण्डकी कोरिडोर अन्तर्गत पोखरा-बेनी-जोमसोम हुँदै कोरला नाकासम्मको मार्ग तीर्थयात्रीका लागि सुरक्षित, सहज, छोटो र कम खर्चिलो भएको पाइएको छ।
स्थानीयवासीले कोरला नाकालाई तीर्थयात्री तथा पर्यटकका लागि पूर्ण रूपमा खुला गर्न माग गरेका छन्। ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हुर्बु गुरुङले उपल्लो मुस्ताङको नेचुङमा रहेको अध्यागमन कार्यालयलाई तत्काल नियमित सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ। अध्यक्ष गुरुङले भन्नुभयो, “रसुवागढी-केरुङको सहज विकल्प नै कोरला नाका हो। यो नाकामा सहज आवतजावत गर्ने वातावरण बनाउनु पर्छ, यसमा अब ढिलाइ गर्नु हुँदैन।”
Read full story at source (nepalnews.com)