मधुमेहका बिरामीले दूध पिउन मिल्छ कि मिल्दैन
nepalnews.com · Wed Sep 09 01:29:11 GMT 2026

काठमाडौँ। मधुमेह भएका व्यक्तिले दूध पिउन सक्ने भए पनि यसको मात्रा, प्रकार र त्यसमा थपिने चिनीमा विशेष ध्यान दिनुपर्ने विशेषज्ञहरूले बताएका छन्। दूधमा प्राकृतिक रूपमा पाइने ल्याक्टोजका कारण रगतमा चिनीको मात्रा केही बढ्न सक्ने भए तापनि यसमा हुने प्रोटिन र अन्य पोषक तत्वका कारण यसलाई सन्तुलित मात्रामा सेवन गर्न सकिन्छ।
मधुमेहका बिरामीले दूध पिउँदा त्यसमा चिनी, मह वा अन्य गुलिया फ्लेवरहरू थप्नु हुँदैन। बजारमा पाइने फ्लेभर्ड मिल्क, मिल्कशेक र गुलिया डेरी उत्पादनहरूले रगतमा चिनीको मात्रालाई बढी प्रभावित गर्ने भएकाले यस्ता पेय पदार्थबाट टाढै रहनु उचित हुन्छ। सामान्यतया, एक पटकमा चिनी नहालिएको १५० देखि २०० मिलिलिटर दूध पिउन सकिन्छ, तर यो मात्रा बिरामीको औषधि, तौल, क्यालोरीको आवश्यकता र रक्तचिनीको स्तरमा भर पर्छ।
Read full story at source (nepalnews.com)